२२ बैशाख २०८१, शनिबार
 |   Sat May 4 2024
Logo

प्रदेश २ मा राष्ट्रियसभाका दुई पदका लागि ६ जनाको उम्मेदवारी



जनकपुरधाम, २० पुस

प्रदेश दुईमा राष्ट्रियसभाको दुई सदस्य पदका लागि चार दलका ६ जनाले उम्मेदवारी दिएका छन् ।

जनकपुरधामस्थित निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार दुई पदका लागि चार दलबाट ६ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

सत्तारूढ गठबन्धन, कांग्रेस, माओवादी, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीको संयुक्त गठबन्धनबाट माओवादी केन्द्र र जनता समाजवादी पार्टीको तर्फबाट १/१ जना र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र एमालेबाट २/२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपा माओवादी केन्द्रको तर्फबाट पर्साकी उर्मिला अर्यालले महिला कोटामा, जसपाबाट अन्य समूह कोटामा सिराहाका मोहम्मद खालिद सिद्धिकीले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरि, लोसपाबाट महिला कोटामा महोत्तरीकी रूपा यादव र अन्य समूहमा श्यामसुन्दर सरदारले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेको तर्फबाट महिला कोटामा बिना साह र अन्य समूहमा उस्मान अन्सारीले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !