६ जेष्ठ २०८१, आईतवार
 |   Sun May 19 2024
Logo

दिल्लीमा एकै दिन ५८ हजार जनामा कोभिड संक्रमण, ५३४ जनाको मृत्यु



भारतमा कोभिड संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा भारतमा ५८ हजार ९७ जनामा कोभिड देखिएको छ । यो अघिल्लो दिनको तुलनामा ५५ प्रतिशतले बढी हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनसँगै देशमा संक्रमितको संख्या पनि तीव्र बढिरहेको छ । संक्रमण बढेपछि विभिन्न राज्यमा कर्फ्यूलगायतका प्रतिबन्धात्मक व्यवस्था लागु गरिएका छन् ।

कोभिडका कारण भारतभर पछिल्लो २४ घन्टामा ५३४ जनाको मृत्यु भएको छ ।

भारतमा दुई हजार १३५ जनामा ओमिक्रोन संक्रमण देखिएको छ । संक्रमितमध्ये सबैभन्दा धेरै महाराष्ट्रका छन् । महाराष्ट्रमा ६५३ जनामा नयाँ भेरियन्ट देखिएको छ ।

महाराष्ट्रपछि दिल्लीमा नयाा भेरियन्टका संक्रमित बढेका छन् । बुधबारसम्म दिल्लीमा ४६४ जनामा ओमिक्रोन देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !