६ जेष्ठ २०८१, आईतवार
 |   Sun May 19 2024
Logo

के अनिल कपुरले कंगना रनावतसँग बिहे गर्न श्रीमती छाड्दै छन्?



अभिनेता अनिल कपुरलाई बलिउडका सदावहार नायक मानिन्छ। फिल्ममा त उनलाई दर्शकले मनपराएका छन् नै, वास्तविक जीवनमा पनि उनलाई धेरैले मनपराउँछन्।

यसमा उनको वैवाहिक जीवनको पनि मुख्य भूमिका छ। ११ वर्ष प्रेम सम्बन्धमा रहेर बिहे गरेका अनिलको वैवाहिक सम्बन्धबारे खुबै प्रशंसा हुने गरेको छ।

सन् १९८४ मा उनले सुनितासँग बिहे गरेका थिए र उनीहरूका अहिले तीन सन्तान छन्। अनिल र सुनिताको प्रेम कथालाई धेरैले कुनै फिल्मी प्रेम कहानीभन्दा कम नभएको पनि टिप्पणी गर्छन्।

तर हालसालै ६५ वर्षीय अनिल कपुरका बारेमा सामाजिक सञ्जालमा यस्तो कुरा फैलियो, जसले गर्दा उनका प्रशंसक निकै दुखी भइरहेका छन्।

विभिन्न सञ्चारमाध्यम र पोस्टहरूमा अनिल र सुनिताको डिभोर्स हुन लागेका खबर आइरहेका छन्। यसमा सबभन्दा चर्चा पाएको कुरा त, अनिलले बलिउड अभिनेत्री कंगना रनावतसँग बिहे गर्नका लागि सुनितालाई छाड्न लागेका भन्ने खबरले हो।

के यो खबर साँचो हो?

अहिले अनिल कपुर र बलिउडका धेरै प्रशंसकले यही प्रश्न सामाजिक सञ्जालमा गरिरहेका छन्।

भारतीय सञ्चारमाध्यम जिन्युजका अनुसार यो खबर साँचो त हो, तर भनाइमा मात्र।

खासमा यो खबर करन जौहरको ‘कफी विद करन’ कार्यक्रमबाट फैलिएको हो। कार्यक्रमको तेस्रो सिजनमा अनिल कपुर, सञ्जय दत्त र कंगना रनावत पाहुनाका रूपमा आएका थिए।

त्यसमा करनले अनिललाई र्‍यापिड फायर खेल्ने क्रममा सोध्छन्- तपाईं कुन महिलासँग बिहे गर्न पाए आफ्नी श्रीमती सुनितालाई छाड्न सक्नुहुन्छ?

अनिलले आफूसँगै उपस्थित कंगनालाई देखाउँदै उनको नाम लिइदिन्छन्।

यही कुरालाई लिएर अहिले अनिल कपुरले श्रीमतीलाई छाडेर कंगनासँग बिहे गर्न लागेका भन्नेसम्म खबर छापिएका छन्।

जिन्युज लेख्छ, ‘यो कुरा कार्यक्रमममा मजाकका रूपमा आएको हो। यसमा कुनै सत्यता छैन।’


प्रतिक्रिया दिनुहोस !