२२ बैशाख २०८१, शनिबार
 |   Sat May 4 2024
Logo

जनताको जीवनस्तर उकास्नमा सहकारीको भूमिका महत्त्वपूर्ण हुन्छ : मुख्यमन्त्री राउत



जनकपुरधाम, २६ पुस

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ग्रामीण जनताको जीवनस्तर उकास्नमा सहकारी संस्थाको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८औं वार्षिक साधारणसभालाई उद्घाटन समारोहमा मुख्यमन्त्री राउतले ऐन कानुनलाई टेकेर विधिवत् रूपमा सञ्चालित सहकारी संस्थाले ग्रामीण जनताको आयस्तर उकासिएपछि उनीहरूको जीवनशैलीमा परिवर्तनसमेत भएको बताए ।

अर्थतन्त्रको तीन खम्बामध्ये एक सहकारीले संविधानले पनि स्वीकार गरिरहेको जिकिर गर्दै उनले थोरै पुँजीलाई एकत्रित गरेर आमजनताले सहकारीमार्फत लाभान्वित भइरहेको बताए ।

‘सहकारीमा प्रदेश र स्थानीय सरकारको पनि पुँजी लगानी हुनुपर्छ’, उनले भने, ‘यसरी लगानीले अझै बढी जनता लाभान्वित हुन्छ ।’ सहकारी सम्बन्धी ऐन ल्याएर सरकारले आफ्नो तर्फबाट सहयोग गर्ने मुख्यमन्त्री राउतले बताए ।

सहकारी विज्ञसँग छलफल गरेर मात्रै सहकारी सम्बन्धी ऐन ल्याउने उनले जानकारी दिए । राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष केबी उप्रेतीको अध्यक्षतामा भएको उद्घाटनसत्रमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य एवम् राष्ट्रिय सहकारी बैंक लिमिटेड धनुषाका सल्लाहकार शिवचन्द्र चौधरीले सहकारीले समाजमा गर्नुपर्ने योगदान अझै गर्न नसकेको बताए ।

उनले सहकारीमा अहिले बढेको विकृतिलाई हटाए मात्रै सामाजिक रूपान्तरणमा सहकारीको भूमिका महत्त्वपूर्ण हुन सक्ने जिकिर उनले गरे ।


प्रतिक्रिया दिनुहोस !