२० बैशाख २०८१, बिहीबार
 |   Thu May 2 2024
Logo

प्रधानमन्त्री देउवाको पीसीआर रिपोर्ट नेगेटिभ



प्रधानमन्त्री शेरबहादुर देउवाको पीसीआर रिपोर्ट नेगेटिभ आएको सचिवालयले जानकारी दिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री देउवा कन्ट्याक्ट ट्रेसिङमा पर्नुभएको थियो । शुक्रबार बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रचण्ड र देउवा सँगै हुनुहुन्थ्यो।

प्रचण्डलाई संक्रमण देखिएपछि आइतबारबाट होम आइसोलेसनमा बस्नुभएका प्रधानमन्त्रीको सोमबार पीसीआर परीक्षण गरिएको हो ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई पनि कोरोना पोजेटिभ देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !