२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

मन्त्रीहरुमा कोरोना संक्रमण देखिएपछि मन्त्रिपरिषद् बैठक अनिश्चित



संघीय सरकारका मन्त्रीहरुमा कोरोना संक्रमण देखिएपछि आजको मन्त्रिपरिषद् बैठक अनिश्चित भएको छ । नियमित रुपमा हरेक बिहीबार बस्दै आएको मन्त्रिपरिषद् बैठक आज बस्ने या नबस्ने भन्ने टुंगो लागिसकेको छैन ।

स्रोतकाअनुसार केही मन्त्रीहरु कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने केही कन्ट्रयाक्ट ट्रेसिङमा परेका छन् । यसका कारण मन्त्रीहरु उपस्थित हुन नसक्ने भएकाले मन्त्रिपरिषद् बैठक बस्ने सम्भावना कम रहेको छ ।

प्रधानमन्त्रीसमेत कक्ट्रयाक्ट ट्रेसिङमा परेकाले आज मन्त्रिपरिषद् बैठक बस्ने सम्भावन कम रहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । यसअघि गत सोमबार बस्ने भनिएको बैठक पनि बस्न सकेको थिएन ।


प्रतिक्रिया दिनुहोस !