१३ माघ २०७८, बिहीबार
 |   Thu Jan 27 2022
Logo

आन्तरिक प्रतिस्पर्धालाई बिर्सेर आगामी निर्वाचनको तयारीमा अगाडि बढ्नुपर्छ : कांग्रेस नेता श्रेष्ठ



नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले आन्तरिक प्रतिस्पर्धालाई बिर्सेर आगामी निर्वाचनको तयारीमा लाग्न आग्रह गरेका छन। कांग्रेस स्याङ्जा क्षेत्र नं २ ले वालिङमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता श्रेष्ठले पार्टीको १४औँ महाधिवेशनमा भएका आन्तरिक प्रतिस्पर्धालाई भुलेर आगामी निर्वाचनको तयारीमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरे।

‘पार्टीको आन्तरिक निर्वाचनमा जेजे भयो भयो त्यो कुरा बिर्सेर अगाडि बढ्नुपर्छ,’ नेता श्रेष्ठले भने, ‘अब पार्टीमा विजयी हुनेले उपविजेताको मतलाई पनि सम्मान गरेर सँगसँगै जानुपर्छ।’ पार्टीको आन्तरिक निर्वाचनका क्रममा भएका विषयलाई बिर्सेर आआफ्नो कमजोरी सुधार गर्दै विपक्षीसँग लड्नका लागि तयारी गर्नुपर्ने बेला भएकाले त्यतापट्टि ध्यान दिन उनले नेता कार्यकर्तालाई सुझाव दिए।

पार्टीको १४औँ महाधिवेशनबाट युवाको आकर्षण बढ्दै गएको उनले बताए। पार्टीलाई कुनै कम्पनी जस्तो होइन सबै अट्ने र सबैको भावना समेटेर जानुपर्ने नेता श्रेष्ठले जोड दिए। कार्यकर्ता भेटघाट कार्यक्रममा कांग्रेस क्षेत्र नं २ का सभापति दिलीपप्रताप खाँणले नेपाली कांग्रेसको सङ्गठनलाई टोलटोलमा विस्तार गर्ने बताए। उनले पार्टीमा विजेता उपविजेता सबै एकबद्ध भएर आगामी निर्वाचनमा कांग्रेसलाई विजयी बनाउने गरी लाग्ने प्रतिबद्धता जनाए।

कांग्रेस जिल्ला सचिव गुरुप्रसाद भट्टराई, स्याङ्जा २ ‘ख’ का सभापति महेश भट्टराई, क्षेत्रीय सचिव फणिनारायण रेग्मी, कांग्रेस वालिङ नगर उपसभापति सीता थापालगायतले टोलदेखि केन्द्रसम्मका नेता कार्यकर्ता पार्टीको सङ्गठन विस्तारमा थप सशक्त भएर लाग्नुपर्नेमा जोड दिएका थिए।


प्रतिक्रिया दिनुहोस !


भारतीय विदेशमन्त्री जयशंकरलाई कोरोना संक्रमण



काठमाडौं : भारतीय विदेशमन्त्री एस जयशंकरलाई कोरोना संक्रमण भएको छ । जयशंकरले आफूलाई संक्रमण भएकोबारे बिहीबार सामाजिक सञ्जालमा एक ट्वीट गर्दै  जानकारी दिएका हुन् ।  उनले आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् ।

भारतमा पछिल्लो समय कोरोना संक्रमितको संख्या तिव्ररुपमा बढिरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा थप २ लाख ८६ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ ।  भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लोल २४ घण्टामा थप ५ सय ७३ जनाको मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस !

वैशाखमै चुनाव गर्न राष्ट्रपतिको दबाब



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई शीलतनिवासमा बोलाएर संविधानले भनेकै समयमा स्थानीय तहको निर्वाचन गर्न सुझाव दिएकी छिन् । प्रधानमन्त्री देउवाले भने राष्ट्रपतिको सुझावलाई सरकारमाथि शीतलनिवासको ‘दबाव’ का रुपमा लिएका छन् । राष्ट्रपतिसँगको भेटपछि केही मन्त्रीसँग कुराकानी गर्दै प्रधानमन्त्री देउवाले भने, ‘राष्ट्रपतिज्यूले बोलाएर वैशाखमै निर्वाचन गर्नुपर्यो भन्नुभयो, मैले यो सरकारले निर्णय गर्ने विषय हो, उपयुक्त निर्णय गर्छ भनें ।’

शीतलनिवास स्रोतले भने राष्ट्रपतिले प्रधानमन्त्रीलाई संवैधानिक प्रावधानका विषयमा स्मरण मात्र गराएको बतायो । राष्ट्रपतिका विज्ञ सल्लाहकार टीका ढकालले भने, ‘कुनै तिथि मितिको कुरा गर्नुभएको होइन, संविधान र कानूनमा जे व्यवस्था छ, त्यसअनुसार अगाडि बढ्नुपर्छ भन्नुभएको हो । सारांशमा त्यही बुझ्दा हुन्छ ।’

प्रतिक्रिया दिनुहोस !

मोरङको उखुबारीमा बिहीबार अर्को शव पनि भेटियो



काठमाडौं । मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा बिहीबार अर्को शव भेटिएको छ । प्रहरीले सो ठाउँमा बुधवार पनि पुरुषको शव उत्खनन गरेको थियो । खाल्डोबाट निकालिएका दुई मध्ये बिहीबार फेला परेको शवको पहिचान खुलेको छ । बुधवार शव निकालिएको ठाउँभन्दा करिब २५ मिटर पर सुनसरीको धरान उपमहानगरपालिका–३ घर भएका ४९ वर्षीय राजेन्द्र कुमार श्रेष्ठका शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले बताए ।

शव उत्खनन गर्दा राजेन्द्र कुमार श्रेष्ठको पर्स भेटिएको छ । सो पर्समा रहेको सवारी चालक अनुमति पत्रको आधारमा शव पहिचान गरिएको डिएसपी श्रेष्ठले बताए । बुधवार फेला परेको शव पनि पुरुष व्यक्तिको हो । मृतक राजेन्द्रकुमारका आफन्तले उनी भक्तपुरको लोकन्थली बस्ने गरेको प्रहरीलाई जानकारी दिएका छन् । उनी जग्गाको काम गर्थे । भक्तपुरबाट बोलाएर उनलाई हत्या गरेर पुरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । दुवैजनाको शव सडेको अवस्थामा भेटिएको छ । ‘पोष्टमार्टमछि मृत्युको कारण खुल्छ, त्यसपछि थप अनुसन्धान अघि बढाउँछौं’ डिएसपी श्रेष्ठले भने ।

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: