५ माघ २०७८, बुधबार
 |   Wed Jan 19 2022
Logo

प्रदेश २ : मध्य-मधेश प्रदेश र राजधानी वीरगञ्ज बनाउनेबारे छलफल गर्न बैठक



जनकपुरधाम, २९ पुस

प्रदेश २ को नाम र राजधानीको विषयमा सहमति गर्न सर्लाहीदेखि पर्सा सम्मका ४ जिल्लाका सांसदहरुको रौतहटको चन्द्रनिगाहपुरमा बिहीबार बैठक बसेको छ ।

नेपाली कांग्रेसका प्रदेश सांसद तथा मध्य मधेश प्रदेशका प्रस्ताव दर्ता गरेका राजेश्वर प्रसाद साहको अगुवाइमा सर्लाही, रौतहट, बारा र पर्साका सबै दलका सांसदहरुको बैठक बसेको हो । बैठकमा प्रदेशको नामाकरण मध्य मधेश र राजधानीको विरगञ्जको पक्षमा छलफल भएको छ । प्रदेशको नाम र राजधानीको विषयमा टुंगो लागउन सभामुख सरोज कुमार यादवको संयोजकत्वमा गठित विशेष समितिले दलीय सहमति जुटाउन नसकेपछि नाम र राजधानीको विषयमा माघको पहिलो सप्ताह चुनाव हुने दलहरु बीच सहमति भएको छ ।

नाम र राजधानीमा निर्वाचन नै हुने भएपछि सर्लाहीदेखि पर्सा सम्मका सबै दलका सांसदहरु मध्य मधेश प्रदेश र राजधानी विरगञ्ज बनाउने विषयमा एकमत गर्नका लागि बैठक बोलाइएको बताइएको छ ।

सत्तारुढ दल भित्रै प्रदेश नामाकरणमा सरकारमा नेतृत्व गरिरहेका जनता समावादी पार्टी (जसपा), लोसपा, माओवादी केन्द्रका केहि सासदले मधेश प्रदेशको एजेण्डामा सहमति जुटाउन विरगंजलाई राजधानी बनाउनु पर्ने पक्षमा उभिएका छन् ।

बिहीबार भएको बैठकमा कांग्रेसका तर्फबाट प्रदेश सरकारमा मन्त्री रहेका ओमप्रकाश शर्मा, जसपतका तर्फबाट राज्यमन्त्री रहेका रौतहटका निवासी योगेन्द्र राय यादव, प्रदेशका निर्वातमान उद्योग मन्त्री तथा सर्लाही निवासी रामनरेश राय यादवको सहभागिता रहेको थियो ।

‘प्रदेशको नाम मध्यमधेश र राजधानी विरगञ्ज सम्बन्धि प्रस्तावमा सर्लाहीदेखि पर्सा सम्मका सासद, विभिन्न दलका नेताहरुको सर्वदलीय बैठक भएको छ । त्यसमा सबै पार्टीका सांसदहरु आफ्नो प्रस्तावको विषयमा सकरात्मक रहेका छन् । हाम्रो पार्टीको प्रस्ताव मिथिला भोजपुरा भए पनि हामी मध्यमधेश प्रदेशको पक्षमा सहमतिको प्रयास गरिरहेका छौं’, मध्य मधेश र राजधानी विरगञ्ज प्रस्ताव गरेका कांग्रेसका सासद राजेश्वर प्रसाद साहले भने,‘त्यसमा मधेश केन्द्रित दलका सांसदहरु सकरात्मक नै छैन । तर नेकपा एमाले, कांग्रेस, नेकपा एसले मध्यमधेश कुनै पनि हालतमा स्वीकार गर्ने अवस्थामा नरहँद हामीले पनि जनकपुरधामलाई राजधानी स्वीकार गर्ने अवस्थामा रहँदैनौ । त्यसकारण हामीले विरगञ्जको पक्षमा एकमतको लागि छलफल सुरु गरेका छौं ।’


प्रतिक्रिया दिनुहोस !


उपत्यकाका तीनवटै सीडीओ कार्यालय सेवा घटाउने तयारी, काठमाडौं प्रशासनका २० कर्मचारी लाई कोरोना



काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको अग्रपंतिमा खटिरहेको काठमाडौं उपत्यका तीन वटै जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारी कोरोना संक्रमणको उच्च जोखिममा परेका छन् । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासनका कर्मचारीमा संक्रमण देखिएपछि नियमित कार्यसम्पादनमै असर पर्न थालेको छ ।

कोरोना संक्रमण बढिरहेको अवस्थामा अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गर्नुपर्ने पक्षमा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी सकारात्मक देखिएका छन् । उनीहरुले अहिलेकै अनुपातमा उपत्यकामा कोरोना संक्रमण बढ्दै जाने हो भने जिल्ला प्रशासन कार्यालका सबै कर्मचारी र सेवा लिन आउने सबै सेवाग्राही संक्रमित हुने अवस्था आउने र त्यसले भयाभह अवस्था सृजना हुनेतर्फ सरकार सचेत हुनुपर्नेमा बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सूचना अधिकारीसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारीका अनुसार कार्यालयमा कार्यरत २० जनामा कोरोना संक्रण पुष्टि भइसकेको छ भने १५ जनामा कोरोनाका लक्षण देखिएकाले उनीहरुलाई घरमै बसेर कोराना परिक्षण गर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस !

तीन दिनसम्म धेरैजसो स्थानमा वर्षा, तराइमा हुस्सु र हिमालमा हिमपात



आउने देखिएको छ । पश्चिमी वायुको प्रभावले नेपालको मैसममा केही खराबी आउने भएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश नं १ र मधेश प्रदेश लगायत पहाडी भू-भागहरुमा आंशिक बदली रहने अवस्था छ । त्यस्तैगरी तराईका थोरै स्थानहरूमा हुस्सु कुहिरो लाग्नेछ ।

त्यस्तैगरी आज सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशहरूको पहाडी भू(भागमा पनि आंशिक देखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उक्त स्थाहरुबाहेक अन्य स्थानमा भने मौसम सामान्य रहेनछन् । तर देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।

त्यस्तैगरी बिहीबार र शुक्रबार पनि देशभरका केही मुलुकमा आंशिक तथा सामान्यतया बदली रहनेछन । बिहीबार प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस !

नेपाली सेनाको कानून विभागका मेजर डाँका मुद्दाका प्रतिवादी !



काठमाडौं । नेपाली सेनामा फौजदारी अभियोग लागेका व्यक्तिले जागिर खाइरहेको पाइएको छ । सेनाको कानूनी पाटो हेर्ने निकाय प्राड विवाकमा कार्यरत सेनानी राजकुमार रञ्जितकार डाँका मुद्दामा जिल्ला अदालत, काभ्रेबाट वारेन्ट जारी भएको व्यक्ति भएको खुलेको हो ।

जिल्ला अदालत, काभ्रेले रञ्जितकार प्रतिवादी रहेको मुद्दामा २०६३ सालमा फैसला गर्दा उनी फरार रहेकाले डाँका सम्बन्धी अभियोग मुल्तबीमा रहने भनिएको थियो । अदालतमा प्रहरीले बुझाएको प्रतिवेदन अनुसार ६ वैशाख २०५८ को राति काभ्रेको साबिक टुकुचा नाला गाविस–६ स्थित यदुराज गिरीको घरमा डकैती भएको थियो ।

त्यसवेला इलाका प्रहरी कार्यालय, बनेपामा बुझाइएको जाहेरीमा झण्डै ६०/७० जना सशस्त्र माओवादीसहित घर घेरेर ३२ लाख ५६ हजार ५ सय बराबरको धनमाल डाँका गरिएको भन्दै खोजतलास गरिदिन भनिएको छ ।

गिरीले दिएको हुलिया अनुसार डकैतीमा संलग्न शिवप्रसाद दाहाल पक्राउ पर्दा गाडीमा पुरानो हाँडीभित्र पुरानो नोट १० को २५१ वटासहित सुन र चाँदीका गरगहना बरामद भएको थियो । उनले घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै भरत सापकोटा नामक व्यक्तिलाई पोलेका थिए ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: