२६ बैशाख २०८१, बुधबार
 |   Wed May 8 2024
Logo

आयोगले तोकेको भन्दा बढी शूल्क लिने शिक्षण संस्थामाथि कारबाही हुन्छ : मन्त्री पौडेल



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा आयोगले तोकेको शूल्क भन्दा बढी शूल्क लिने शिक्षण संस्थामाथि कारबाही अघि बढाउने बताएका छन् ।

बिहीबार सिंहदरबारमा विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिसँगको छलफलका क्रममा उनले तोकेको शूल्कभन्दा बढी शूल्क लिने शिक्षण संस्थामाथि कारबाही अघि बढाउने बताएका हुन् ।

चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कभन्दा बढी शूल्क लिने क्रम नरोकिएको भन्दै विद्यार्थीहरुले शिक्षा मन्त्रीसँग छलफल गरेका थिए । मन्त्री पौडेलले बढी शूल्क लिने शिक्षण संस्थामाथि कारबाही अघि बढाउन गृह मनत्रालयसँग छलफल भइसकेको र कारवाही गरेरै छाड्ने जानकारी दिए ।

त्यस्तै नेविसंघका अध्यक्ष राजीव ढुंगानाले आयोगले तोकेको शूल्कभन्दा बढी शूल्क लिने शिक्षण संस्थामाथि कारबाही अघि बढाउने प्रतिबद्धता मन्त्रीले गरेका जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !