१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

भारतको लद्दाखमा १० हजार फिट उचाइमा फुटबल मैदान बन्दै



भारतको लद्दाखमा १० हजार फिटको उचाइ अत्याधुनिक फुटबल मैदान बन्ने भएको छ । यो रंगशालामा ३० हजार दर्शकले एकै साथ प्रत्यक्ष फुटबल हेर्न सक्ने जनाइएको छ । रंगशालामा आठ लेनको म्याराथन ट्रयाक समेत रहने छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार आयोजित रेडियो कार्यक्रम ‘मन की बात’मा यस्तो घोषणा गरेका हुन् । यस्तै, सरकारले लद्दाखका सर्वसाधारणले भोगिरहेको सबै प्रकारका दुःख हट्ने गरी सरकारी सेवा सुविधा उपलब्ध गाराउने प्रतिबद्धता पनि जनाए । उनले यो रंगशाला निर्माण सुरु भैसकेको र चाडै नै सम्पन्न हुने दाबी पनि गरे । फिफाले समेत अनुमति दिएको निर्माणधीन यो रंगशालामा एक हजार जना अट्ने होस्टल पनि हुनेछ ।


प्रतिक्रिया दिनुहोस !