६ जेष्ठ २०८१, आईतवार
 |   Sun May 19 2024
Logo

अस्ट्रेलियामा वुद्ध जन्मस्थलसम्बन्धी दिग्भ्रम सच्याउने निर्देशक इयान ग्रिन सम्मानित



अस्ट्रेलियामा २६४६ औं वुद्ध जयन्ती लाख बत्ती बालेर मनाउने क्रममा विस्वकै ठूलो वुद्ध स्तुपामा पर्ने बेन्डिगोको स्तुपामा वुद्ध भारतमा जन्मनु भएको भनी उल्लेख गरिएकोमा अभियानका तर्फबाट अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठद्धारा सो गलत जानकारी सच्याउन आग्रह गरी पत्राचार गरेपस्चात सच्याने काम भएकोले स्तुपाका निर्देशक इयान ग्रिनलाई अभियानद्धारा सम्मान गर्ने काम भएको महत्वपूर्ण समाचार पठाएका छौं । सदा झैं सहयोगको लागि अग्रिम आभार एबं धन्यवाद!

अस्ट्रेलियाको भिक्टोरिया राज्यको बेन्डिगो शहरमा अबस्थित The Great Stupa of Universal Compassion को हाताभित्र ७ बर्षिया छोरी बृस्टि श्रेष्ठको ब्रेन क्यान्सरका कारण मृत्‍यु भएकोले आफ्नी दिबंगत छोरीको संझनामा उमेश श्रेष्ठ र जेस्मिन श्रेष्ठद्धारा निर्मित गणेश मन्दिर (नेपालीद्धारा भिक्टोरियामा बनाइएको पहिलो मन्दिर) परिसरमा लुम्बिनी कपिलवस्तु विस्व अभियानद्धारा लाख बत्ती बालेर विस्व शान्तिको कामना गर्दै मनाइएको २६४६ औं वुद्ध जयन्ती कार्यक्रममा The Great Stupa of Universal Compassion मा वुद्ध भारतमा जन्मनु भएको भनी लेखिएकोमा अभियानद्धारा गरिएको पत्राचारपछि सच्याएर नेपाल भनी उल्लेख गरेकोमा यस्का निर्देशक इयान ग्रिनलाई अभियानद्धारा प्रमाणपत्र सहित खादा ओढाएर सम्मान गरियो ।

निर्माण प्रकृया चलिराखेको The Great Stupa of Universal Compassion मा २.५ मिटर अग्लो विस्वकै सबैभन्दा ठूलो रत्न गुणस्तरको वुद्ध मूर्ति राखिएको छ । निर्माण कार्य संपन्न भैसकेपछि पश्चिमकै सबैभन्दा ठूलो बुद्धिस्ट स्मारक हुने र संभवत दक्षिण गोलार्धकै सबैभन्दा ठूलो बुद्धिस्ट मन्दिर हुने यो मन्दिरमा अहिले नै दैनिक सरदर ६००-७०० आगन्तुक आउने गर्छ भने वुद्ध जयन्तीको समयमा हजारौं दर्शनाभिलाषीहरु आउने गर्छन ।

बेन्डिगोमा गणेश मन्दिर बनेपछि बेन्डिगोबाट हिन्दू मन्दिरको लागि मेलबर्न जानपर्ने समस्या हटेको छ भने हिन्दू परंपराका कार्यक्रम यही गणेश मन्दिर परिसरमा गर्न सकिने भएको छ ।

सोही कार्यक्रममा प्रो एलिजाबेथ ह्यारिश, प्रो जियोफ्री हन्ट, डा पौल इनग्राम, डा महिन्दा डीगाले, डा किशोर बैद्य र प्रो हिसाओ इनागाकीद्धारा संयुक्त रुपमा लेखिएको Buddhist Studies for the Curious: Why Study Buddhist Studies पुस्तकको पनि बिमोचन गरिएको थियो । पुस्तक बिमोचनको सन्दर्भमा निर्देशक इयानले जीवनलाई अर्थपूर्ण र सम्पन्न बनाउन बुद्धिज्मसम्बन्धी अध्ययनको महत्वबारे प्रकाश पारे ।

प्रियंका प्रधानद्धारा सन्चालित सो कार्यक्रममा बेन्डिगोबाट करीब १५३ किमी दूरीमा रहेको मेलबर्नबाट करीब ८० जनाको उपस्थितिमा कार्यक्रमको लागि ३ घण्टाको ड्राइभिङ गरेर आउने समेत थिए र कार्यक्रमको समाप्तीपछि कार्यक्रममा उपस्थित बिदेशी सहित सबैले ८० बर्षकी दिलमाया श्रेष्ठ (कान्छी) को हातको टीका ग्रहण गरी आशिर्बाद ग्रहण गरे ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय