१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

एमालेले धोका दिएको कमल थापाको गुनासो ! अब हिन्दू राष्ट्र पुनः स्थापनाका लागि संघर्ष



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्थानीय चुनावमा नेकपा एमालेसँगको सहकार्य आफ्नो पार्टीका निम्ति परिणाममुखी बन्न नसकेको निष्कर्ष निकालेका छन् । यो चुनावको अनुभवबाट पाठ सिकेर आगामी संसदीय चुनावको तयारी गर्नुपर्नेमा उनको जोड छ ।

अध्यक्ष थापाले कुनै महत्त्वाकाङ्क्षा र अपेक्षाबिना स्थानीय चुनावमा भाग लिएको बताएका छन् । ‘पार्टी खडा भएको छोटो अवधिमा नै चुनावमा जानुपर्ने वाध्यात्मक अवस्था थियो । हामी चुनावमा भाग नलिन पनि सक्थ्यौँ, तर चुनाव बहिष्कार गर्दा गलत सन्देश जान्थ्यो,’ थापाको प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘चुनावमा हामीले नेकपा (एमाले) सँग सहकार्य गर्ने निर्णय गर्‍यौँ । व्यवहारिक र रणनीतिक रूपमा ठिक भएता पनि नेकपा (एमाले)को उदासीनताको कारण स्थानीय स्तरमा सहकार्य अपेक्षाकृत परिणाममुखी हुन सकेन । यो चुनावमा प्राप्त अनुभवबाट पाठ सिकेर अब हामीले आगामी संसदीय निर्वाचनको तयारी गर्नुपर्छ ।’

राप्रपा नेपालले निकट भविष्यमा नै हिन्दू राष्ट्र पुनः स्थापनाको निम्ति देशव्यापी सशक्त अभियान थाल्ने थापाले बताएका छन् । सकेसम्म सर्वपक्षीय राष्ट्रिय सहमतिको आधारमा संविधान संशोधन गरी पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र पुनः स्थापना गर्न प्रयास गरिने उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !