१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

एमालेका कृष्ण थापालाई पराजित गर्दै समाजवादीका आचार्य पोखरा महानगरको मेयरमा निर्वाचित



कास्की । नेकपा एकीकृत समाजवादीबाट धनराज आचार्य पोखरा महानगरपालिकाको मेयर पदमा निर्वाचित हुनुभएको छ । 

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण थापालाई पराजित गर्दै समाजवादीका आचार्य निर्वाचित हुनुभएको हो । करिब ५ हजार मत गन्न बाँकी हुँदै गठबन्धनका साझा उम्मेदवार आचार्य विजयी बन्नुभएको हो । एमालेका थापाभन्दा ५ हजार २८६ मतको फराकिलो अग्रता बनाएसँगै मत गणना सकिन अघि नै आचार्यको जीत सुनिश्चित भएको हो ।

१ लाख ३८ हजार २११ मत गनिसक्दा मेयर आचार्यले ५६ हजार ४७१ मत ल्याउनुभएको छ ।  थापाले ५१ हजार १८५ मत पाउनुभएको छ । पोखरामा कूल १ लाख ४३ हजार २२६ मत खसेको थियो । 

उपमेयरमा भने एमालेकी मञ्जुदेवी गुरुङले अग्रता कायम राख्नुभएको छ । उहाँले ५८ हजार ५८२ मत ल्याउँदा नेपाली काँग्रेसकी कोपिला रानाभाटले ५४ हजार ५४७ मत ल्याउनुभएको छ । 


प्रतिक्रिया दिनुहोस !