१४ असार २०७९, मंगलवार
 |   Tue Jun 28 2022
Logo

उद्योग-व्यवसायीमैत्री वातावरण निर्माण गर्ने सरकारको लक्ष्य  



काठमाडौं । सरकारले सबल अर्थतन्त्र निर्माणका लागि उद्योग क्षेत्रको नेतृत्वदायी भूमिका स्थापित गर्ने लक्ष्य लिएको छ ।  त्यसका लागि उद्योगमैत्री र व्यवसायीमैत्री वातावरणको आधार तयार गर्ने सरकारले नीति लिने भएको छ ।  

निजी क्षेत्रलाई उत्पादनमुलक उद्योग स्थापना र सञ्‍चालन गर्न प्रोत्साहित पनि गर्ने सरकारले जनाएको छ । कृषि, वन तथा खानी क्षेत्रका उत्पादनलाई औधोगिक प्रशोधन शृङ्खलासँग जोड्दै एकीकृत नमूना कार्यक्रम सञ्चालन गरिने आर्थिक वर्ष २०७९र०८० को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले बताउनुभएको हो । 

उहाँले ऊर्जा दक्षतासँगै नवीकरणीय ऊर्जाको उपयोगबाट हरित अर्थतन्त्रको विकास गर्न औधोगिक प्रबद्र्धन गर्ने पनि बताइन् । उहाँका अनुसार सरकारले तुलनात्मक लाभ भएको उत्पादनशील क्षेत्रहरूमा आन्तरिक तथा वैदेशिक लगानीमा वृद्धि, साना तथा मझौला उद्योगलाई नवप्रबद्र्धन गर्ने छ । 


प्रतिक्रिया दिनुहोस !