६ चैत्र २०८०, मंगलवार
 |   Tue Mar 19 2024
Logo

मन्त्री बडूले बोलेको असंसदीय शब्द हटाउन सभामुखको निर्देशन, बैठक सञ्चालनका लागि एमाले तयार



काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले संसद बैठकका बोलेका असंसदीय भाषा संसदको रकेर्डबाट हटाउने सहमतिपछि प्रतिनिधिसभाको बैठक सहज रुपमा अघि बढेको छ । सभामुख अग्नि सापकोटाले एमालेको मागबमोजिम मन्त्रीले बोलेका शब्दहरुलाई रकेर्डबाट हटाउन रुलिङ गर्ने सहमतिपछि बैठक सञ्चालनमा सहमति भएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताए । एमालेको नियमापत्तीपछि सभामुखले १५ मिनेटलाई रोकेको बैठक लामो वार्ता र संवादपछि सहज रुपमा अघि बढ्ने भएको हो ।


प्रतिक्रिया दिनुहोस !