६ जेष्ठ २०८१, आईतवार
 |   Sun May 19 2024
Logo

नेप्से ४.८९ अंकले बढ्यो



नयाँ आर्थिक वर्ष सुरु भएपछि लगातार चौथो कारोबार दिन पनि सेयर बजारमा वृद्धि भएको छ । साताको चौथो कारोबार दिन नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएको छ । बुधबार नेप्से ४.८९ अंक (०.२४ प्रतिशत) ले बढेर २०५०.५९ बिन्दुमा पुगेर रोकिएको छ ।

नेम्सेमा एकल अंकको सामान्य वृद्धि हुँदा बैंकिङ व्यापार, होटल तथा पर्यटन, हाइड्रोपावर र जीवन बीमा उपसूचक घटेका छन् । यता विकास बैंक वित्त कम्पनी लगायतका उपसूचक भने बढेको छ । वित्त कम्पनी उपसूचक १.९१ प्रतिशतले वृद्धि भएको छ ।

बजारमा मंगलबारको तुलनामा कारोबार रकम घटेको छ । मंगलबार २ अर्ब २९ करोड ९३ लाखको कारोबार भएको बजारमा बुधबार ४१ लाख ३३ हजार ७०९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७३ करोड १८ लाखको कारोबार भएको छ ।

कारोबारमा आएकामध्ये शिवम् सिमेन्ट लिमिटेडको १६ करोड ४३ लाखको कारोबार भएको छ । यस्तै हिमालयन डिस्टिलरीको ७ करोड ३१ लाख र आइसीएफसी फाइनान्सको ५ करोड ३१ लाखको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस !