६ जेष्ठ २०८१, आईतवार
 |   Sun May 19 2024
Logo

देशभर थप ३९१ जनामा कोरोना संक्रमण पुष्टि



देशभर थप ३९१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ३ हजार ९८१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३४० तथा एन्टिजेन विधिबाट ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो ।

यही अवधिमा थप ४६ जना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार २७६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप कसैको मृत्यु भएको छैन । त्यस्तै, १ लाख ३२ हजार ५१५ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।


प्रतिक्रिया दिनुहोस !