६ जेष्ठ २०८१, आईतवार
 |   Sun May 19 2024
Logo

सरकारको कोषमा चौधरी ग्रुपको योगदान करिब ५० प्रतिशत



कोरोना महामारी र लकडाउनले सिर्जना गरेको अवस्थामा समेत नेपाल सरकारको कोषमा चौधरी ग्रुपको योगदान ४५.७९ प्रतिशतले बढेको छ।

उक्त समूहका कम्पनीहरूले आयकर मात्र ५० करोड तिरेका छन्। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १२० प्रतिशत बढी हो।

यसको अन्तः शुल्क योगदान ४९.५ प्रतिशतले बढेर ५ अर्ब ६० करोड ४७ लाख पुगेको छ भने भ्याट योगदान ४३ प्रतिशतले बढेर ४ अर्ब कटेको छ।

भन्सार शुल्क योगदान मात्र २५ प्रतिशतले बढेर डेढ अर्ब रुपैयाँ पुगेको छ। चौधरी ग्रुपले गत वर्षको तुलनामा ९२.०८ प्रतिशत बढी स्वास्थ्य कर तिरेर पहिलो चरणको परीक्षण किट, सुरक्षात्मक उपकरण र जीवन सहयोग प्रणाली खरिद गरी कोभिड विरुद्धको नेपालको लडाइमा अगाडिदेखि नै नेतृत्व गरेको थियो।

नेपालका विभिन्न व्यवसायिक समूहहरूमध्ये सार्वाधिक आयकर, अन्तः शुल्क, भ्याट र भन्सार कर तिर्नेमा चौधरी समूह पनि एक हो। चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा मात्रै कुल १४ अर्ब २८ करोड रुपैयाँ राजस्व तिरेको थियो।

‘आधुनिक र समृद्ध नेपाल निर्माण गर्न हाम्रो तर्फबाट महत्वपूर्ण योगदान गर्न सधै क्रियाशिल छौ,’ चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी भने, ‘आगामी वर्ष राजस्वमा हाम्रो योगदान अझ विस्तार भएको देख्नु हुनेछ। अर्थतन्त्र अझ बढ्दै जानेछ।’

२०७६/७७ मा प्रभावशाली ७० प्रतिशत (६९.६१ प्रतिशत) वृद्धि भएको समूहको लाभांश करको वृद्धि २०७७/७८ मा १५ प्रतिशत मै सीमित हुनुको बाबजुद पनि कुल राजस्व भुक्तानीमा उल्लेखनीय विस्तार भएको थियो।


प्रतिक्रिया दिनुहोस !