१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

वडा अध्यक्ष खनाल कक्षा ११ मा भर्ना



हेटौँडा । मकवानपुको मनहरी गाउँपालिका वडा नंबर १ का वडाध्यक्ष शिवप्रसाद खनाल कक्षा ११ मा भर्ना भएका छन् । एसएलसी पास गरेको ३१ वर्षपछि उनी आफ्नै वडामा रहेको वाल जीवनज्योती माविमा कक्षा ११ मा भर्ना भएका हुन् ।

२०४८ सालमा बाराको सिद्देश्वर संस्कृत विद्यालय कलैयाबाट द्धितिय श्रेणीमा एसएलसी उत्तीण भएका खनाल आफै व्यवस्थापन समितिको अध्यक्ष रहेको विद्यालयमा ११ कक्षामा भर्ना भएका हुन् । राजनीतिको लागि शिक्षा अति आवश्यक रहेको महशुस भएको भन्दै उनले समाजसुधारको लागि औपचारिक शिक्षाको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुने ठानेर भनाए भएको बताए ।


प्रतिक्रिया दिनुहोस !