१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

असमान ढंगले कर्मचारीहरुको तलब वृद्धि गरेको विरोधमा देशभरीका नासु बिदामा बस्ने



काठमाडौंं । बजेट घोषणा विपरीत असमान ढंगले कर्मचारीहरुको तलब वृद्धि गरेको भन्दै तल्लो तहका कर्मचारी आन्दोलित भएका छन् । आन्दोलनको कार्यक्रम अनुसार नायव सुब्बा कर्मचारीले भोलि मंगलबार बिदामा बस्ने घोष्णा गरेका छन् । देशभरीका नासु कर्मचारीहरुले बिदा बस्ने निर्णय गरेको निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले बताए ।

‘आज सिंहदरबारमा ‘पेन डाउन’ गरेर सूचना तथा सञ्चार मन्त्रालयको हलमा भएको नासु कर्मचारीहरुको भेलाले भोलि देशभरीका नासु बिदामा बस्ने र अर्थमन्त्री, सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री, मुख्य सचिव, अर्थ सचिव र सामान्यका सचिवलाई मागको विषयमा एसएमएस गर्ने निर्णय भएको छ’ उनले भने, ‘थप आन्दोलनका थप कार्यक्रम हामी भोलि तय गर्छौं ।’


प्रतिक्रिया दिनुहोस !