२३ बैशाख २०८१, आईतवार
 |   Sun May 5 2024
Logo

पत्रकार श्रेष्ठको कानको जाली फुटाइदिने धम्की



काठमाडौं । निर्देशक सुदर्शन थापाले समाचारको विषयलाई लिएर चलचित्र पत्रकारको कानको जाली फुटाइदिने धम्की दिएका छन् । उनले आफ्नो निर्देशन रहेको गत शुक्रबारबाट प्रदर्शन आएको फिल्म ‘सम्हालिन्छ कहिले मन’ ले हलमा राम्रो व्यापार नगरेको आसयसहित समाचार लेखेको भन्दै पत्रकार सुजन श्रेष्ठलाई कानको जाली फुटाइदिने धम्की दिएका हुन् ।

निर्देशक थापाले पत्रकार श्रेष्ठलाई फोनमार्फत धम्की दिएका हुन् । जसको अडियो अहिले सामाजिक संजालमा फैलिएको छ । अडियोमा उनले सुजनलाई फिल्म चलेको बेलामा समाचार नलेखेको तर सो सकिएपछि गलत मनसायले समाचार लेखेको भन्दै कुटपिट गर्ने धम्की दिएका हुन् । पत्रकार श्रेष्ठले ‘टिकट फ्रि हुँदा पनि हल सुनसान’ भन्ने शीर्षकमा समाचार बनाएका थिए । यो समाचारपछि सोमबार साँझ ४ बजेतिर निर्देशक थापाले आफूलाई फोन गरेर धम्क्याएको श्रेष्ठले बताए । 

निर्देशक थापाले आफूलाई गाली गलौज गरेको विषयमा चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौला र पत्रकार महासंघ प्रदेश कार्य समितिका अध्यक्ष बैकुण्ठ पराजुलीलाई जानकारी गराएको श्रेष्ठले सल्लाह गरेर कानुनी प्रक्रियामा जाने तयारी समेत गरेका छन् । यस विषयमा निर्देशक थापासँग पटक पटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन सकेन । श्रेष्ठले नौलो न्युज डटकममा फिल्मको विषयमा समाचार बनाएका थिए ।


प्रतिक्रिया दिनुहोस !