२६ बैशाख २०८१, बुधबार
 |   Wed May 8 2024
Logo

सरकार र डा. गोविन्द केसीबीच सहमति, अनशन तोडिदै



काठमाडौं । शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार मागसहित २० औँ सत्याग्रह गरिररहेका डा. गोविन्द केसी र र सरकारबीच सहमति भएको छ। विभिन्न ७ बुँदे माग राखी सुरुमा कैलालीको धनगढी र त्यसपछि काठमाडौं आएर अनशन बसिरहेका केसीका सहयोगी र सरकारबीच शनिबार वार्त भएको थियो। 

केसीका एकजना सहयोगी प्रितम सुवेदीका अनुसार वार्ताका क्रममा सरकार माग पूरा गर्न तयार भएपछि सहमति जुटेको हो। यो सहमतिसँगै डा. केसीले शनिबारै राति अनशन तोड्ने भएका छन्। त्यसका लागि उनले अबको केहि बेरमा पत्रकार सम्मेलन गर्दैछन्। धनगढीमा अनशनकै क्रममा समस्या भएपछि केसी आफैं टिकट काटेर काठमाडौं आएका थिए। उनलाई सुरुमा सरकारले ल्याउन खोजेको थियो।


प्रतिक्रिया दिनुहोस !