२६ बैशाख २०८१, बुधबार
 |   Wed May 8 2024
Logo

अर्घाखाँचीमा लोहोरो प्रहार गरेर श्रीमतीको हत्या



सन्धिखर्क । अर्घाखाँचीको शितगंगा नगरपालिका-३, ठाडामा एक जनाले लोहोरो प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् ।५४ वर्षीय पीताम्बर भुसालले लोहोरोले हानेर श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।

घरायसी विवादका कारण मसाला पिस्न प्रयोग हुने लोहोरो हानेर ५० वर्षीया मनकलाको हत्या गरेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए । घरमा उनीहरूबीच पटक-पटक झगडा हुने गरेको पाइएको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !