७ जेष्ठ २०८१, सोमबार
 |   Mon May 20 2024
Logo

अछाममा करेन्ट लागेर एक गोरु मर्‍यो



अछाम, २‍६ वैशाख । अछाममा करेन्ट लागेर एक गोरु मरेको छ। जिल्लाको तुर्माखाँद  गाउँपालिका–८ का गणेश बोगटीको गोरु मरेको हो।

गोरुलाई जंङ्गल लैजानै क्रममा विद्युतको मेन लाईनको टुटेर लत्रिएको तारबाट  गोरुलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !