१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल परीक्षण



काठमाडौ । उत्तर कोरियाले आइतबार आफ्नो पूर्वी समुद्रमा ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार दक्षिण कोरिया र अमेरिकी सेनाबीचको संयुक्त सैन्य अभ्यास तथा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको भ्रमणअघि उत्तर कोरियाले उक्त मिसाइल परीक्षण गरेको हो। 

दक्षिण कोरियाको सेनाले दिएको जानकारीअनुसार उत्तर कोरियाले एकल छोटो दूरीको मिसाइल परीक्षण गरेको हो। स्थानीय समयअनुसार बिहान सात बजे प्रक्षेपण गरिएको उक्त मिसाइल करिब ६० किलोमिटरको उचाइ हुँदै ६ सय किलोमिटर टाढा खसेको थियो। 

उत्तर कोरियाले अहिले गरेको मिसाइल परीक्षणले आगामी दिनमा दुई कोरियाबीचको सम्बन्ध झनै चिसिन सक्ने आशंका गरिएको छ। 

उत्तर कोरियाले मिसाइल परीक्षणको दक्षिण कोरिया र अमेरिकाले विरोध गरेका छन्। उत्तर कोरियाबाट उत्पन्न हुने कुनै पनि चुनौतीको तत्काल जवाफ दिइने उनीहरुले बताएका छन्। 


प्रतिक्रिया दिनुहोस !