१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

अल्मुताइरीको राजीनामा स्वीकृत



काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजीनामा स्वीकृत भएको छ । असोज १० गते बसेको एन्फा कार्यसमिति बैठकले अल्मुताइरीले दिएको राजीनामा स्वीकृत गरेको हो ।

नेपालले असोज ११ गते बंगलादेश विरुद्ध मैत्रीपूर्ण खेलअघि एन्फाको कार्यसमिति बैठकले राजीनामा स्वीकृत गरेको एन्फाका एक पदाधिकारीले जानकारी दिए ।

अल्मुताइरीले केही साताअघि एन्फामा राजीनामा बुझाएका थिए । बंगलादेशसँगको खेलका लागि एन्फाले प्रदीप हुमागाईँलाई कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । मंगलबार नेपालले उक्त खेल ३-१ ले जितेसँगै हुमागाईंको कार्यकाल पनि सकिएको छ ।


प्रतिक्रिया दिनुहोस !