१८ मंसिर २०७९, आईतवार
 |   Sun Dec 4 2022
Logo

बलात्कारको झुटो जाहेरी दिएको आरोपमा भक्तपुरमा एक महिला पक्राउ



काठमाडौं । बलात्कारको झुटो जाहेरी दिएको आरोपमा भक्तपुरमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।नवलपरासीको वर्दघाट चिसापानी घर भई काठमाडौंको जडिबुटी डेरा गरी बस्ने ३४ वर्षकी महिला झुटो जाहेरी दिएको आरोपमा पक्राउ परेको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी राजु पाण्डेले जानकारी दिए ।

ती महिलाले आफूलाई भक्तपुरको लोकन्थलीमा ल्याई अचेत बनाई एक पुरुषले जबरजस्ती करणी गरेको भनि प्रहरी वृत्त थिमीमा जाहेरी दिएकी थिइन् । तर उक्त निवेदन उपर अनुसन्धान गर्दा उक्त प्रकृतिको कुनै पनि घटना नभएको र उक्त पुरुष व्यक्तिलाई फसाउने नियतले कपोलकल्पित घटना बनाई जाहेरी दरखास्त दिएको फेला परेको डीएसपी पाण्डेले बताए । घटनाको बारेमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: