१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

गायक कमल खत्री वैवाहिक जीवनमा बाँधिए



काठमाडौं । गायक कमल खत्री वैवाहिक जीवनमा बाँधिएका छन् । केही साताअघि इन्गेजमेण्ट गरेका संगीतकार तथा गायक खत्रीले आज गायिका मेलिना मैनालीसँग विवाह गरेका हुन् । सामाजिक सञ्जालमा खुसी व्यक्त गर्दै उनले दुवैतर्फका परिवारको उपस्थितिमा सामान्य तरिकाले आफूहरूले बिहे गरेको जानकारी दिएका छन् । गायक खत्रीले विवाहमा लाग्ने खर्च गरिब असहायलाई सहयोग गर्ने घोषणासमेत गरेका छन् ।

‘बिहेमा लाग्ने खर्च गरिब असहायलाई सहयोग गर्ने भनेर हामीले हाम्रो वैवाहिक जीवनको सुरूवात गरेका छौं । जीवनको हरेक उतारचढावमा सदैव एक अर्काको साथमा रहने वाचा गर्दै हामीले रितिरिवाजअनुसार विवाह गरेका छौं ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । कमल र मेलिना केही वर्षदेखि प्रेम सम्बन्धमा थिए ।


प्रतिक्रिया दिनुहोस !