१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

२९ जनाले लिए उम्मेदवारी फिर्ता



काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ आयोगमा पेस गरिएको उम्मेदवारको संशोधित बन्दसूचीमा सूचीकृतमध्ये २९ जना उम्मेदवारले उम्मेदवारी फिर्ताको लागि आयोगमा निवेदन दिएका छन्। 

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्यतर्फको समानुपातिक बन्दसूचीबाट ९ जना र प्रदेशसभातर्फ २० उम्मेदवारले उम्मेदवारी फिर्ता लिन चाहेका हुन्। प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसबाट ४, जनता समाजवादी पार्टी (जसपा)का ३, नेकपा माओवादी केन्द्रका १ र नेकपा एकीकृत समाजवादीका १ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्। 

त्यस्तै प्रदेशसभातर्फ उम्मेदवारी फिर्ता लिएकामध्ये प्रदेश १ का ६ जना, मधेशका २, बागमतीका १०, गण्डकी र लुम्बिनीका १/१ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। आयोगले कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा आज मध्यान्ह १२ बजेसम्मका लागि समय दिएको थियो।

उनीहरुलाई उम्मेदवारको बन्दसूचीबाट फिर्ता लिन आज बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारले निवेदन दिने समय दिइएको थियो। आयोगले आजै निवेदन दिएका २९ जना उम्मेदवारबारे दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारी फिर्ताबारे सम्बन्धित दललाई जानकारी दिने कार्यक्रम रहेको जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !