१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

जसपाका केन्द्रीय नेता कार्यकर्ताले दिए सामूहिक राजीनामा, एमाले छिर्ने तयारी



सिरहा । सिराहामा जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्यसहित नेता तथा कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । केन्द्रीय परिषद् सदस्य रामचलितर साह, प्रदेश सदस्य मनोज सिंहलगायतले सामूहिक राजीनामाको घोषणा गरेका हुन् ।

अध्यक्ष उपेन्द्र यादवले पार्टीलाई प्राइभेट लिमिटेडको रुपमा सञ्चालन गरेकाले सामूहिक राजीनामा दिनुपरेको साहले बताए । राजीनामा दिनेहरुले भनेका छन्, ‘जसपाका नेताहरूले पार्टीलाई आफ्नै विरासत सम्झिने गरेकाले आफूहरुले बाध्य भएर पार्टी छाड्नु परेको हो ।’

साहले तीन वर्ष केन्द्र सरकारको साझेदार र पाँच वर्ष प्रदेश सरकारको नेतृत्व गरे पनि सिरहामा विकास निर्माण शून्य रहेको भन्दै दुःख पनि व्यक्त गरेका छन् । पार्टीले मुख्य एजेण्डा छाडेकाले आफूहरुले पार्टी परित्याग गरेको मनोज सिंहले बताए ।

सामूहिक राजीनामा दिएका नेता तथा कार्यकर्ताहरु नेकपा एमाले प्रवेश गर्न लागेको स्रोतको दाबी छ । मनोजलाई आगामी निर्वाचनमा एमालेले उम्मेदवार बनाउने आश्वासन दिएपछि जसपा परित्याग गरेको सिरहाका एमाले नेता तथा कार्यकर्ताले बताए ।


प्रतिक्रिया दिनुहोस !