२२ बैशाख २०८१, शनिबार
 |   Sat May 4 2024
Logo

वाम गठबन्धनको मुल धार माओवादी र समाजवादीः मुख्यमन्त्री पोखरेल



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले वामपन्थी आन्दोलनको मुल धार अहिले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भएको बताएका छन् ।

पोखरामा शुक्रबार जारी पाँच दलीय गठबन्धनको कार्यकर्ता भेलामा बोल्दै वामपन्थी आन्दोलनको मुलधार माओवादी र नेकपा एस भएको बताएका हुन् ।

‘अहिले वामपन्थी आन्दोलनको मुल धार माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी हुन्,’ उनले भने, ‘हिजो लोकतन्त्रका लागि चार तारे झण्डा र हसियाँ हतौडा अंकित झण्डा हिँडेको हो ।’

अहिलेको गठबन्धन प्रतिगमन विरुद्धको भएको र गठबन्धनले सही ढंगले सिट बाँडफाँट गरेकाले आगामी चुनावपछि गठबन्धनको सरकार बन्ने उनको दाबी छ ।

प्रदेशस्तरीय कार्यकर्ता भेलामा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेता सहभागी छन् ।


प्रतिक्रिया दिनुहोस !