२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

मदिरा आयात खोल्न प्रस्ताव गर्ने पर्यटनमन्त्रीविरुद्ध निर्वाचन आयोगमा उजुरी



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठलाई कारबाही माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । व्यापारीबाट प्रभावित भएर मन्त्री श्रेष्ठले प्रतिबन्धित मदिराको आयात निर्वाचन अघि नै खुलाउन लागि परेको भन्दै उपभोक्ता हित संरक्षण मञ्च नेपालले आयोगमा उजुरी दर्ता गराएको हो ।

निर्वाचनको संघारमा आफैं उम्मेदवार र मन्त्री जस्तो पदमा रहेको व्यक्तिले व्यापारीलाई लाभ पुग्नेगरी मदिराको आयात खोल्न लाग्नु निर्वाचन कसुर ऐनको बर्खिलाप भएको मञ्चले दिएको उजुरीमा उल्लेख छ ।

‘मदिरा आयात खोल्न दबाव दिने उम्मेदवार एवम् मन्त्री श्रेष्ठलाई कारबाही गरिनु पर्छ,’ मञ्चले भनेको छ, ‘मंसिरसम्म लम्ब्याइएको आयात प्रतिबन्ध कायमै राखिनु पर्छ ।’प्रतिबन्धित वस्तुको आयात निर्यातको अनुमति र निर्णय गर्ने निकाय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय रहेको भन्दै मन्त्री श्रेष्ठले नेपाल सरकार कार्यविभाजन नियमावली विपरीत भएको पनि मञ्चको आरोप छ ।


प्रतिक्रिया दिनुहोस !