१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

लेकमको लटबाबको दर्शन गर्न जैपुर जात्रामा पुगे बिक्रम धामी !



लेकम क्षेत्रमा लाग्ने ठुलो जात्रा जैपुर जातको दर्शन गर्न तथा मतदाता संग भेटघाट गर्न लोकतान्त्रिक बाम गठबंधनको तर्फबाट प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेदवार एवं नेपाली काङ्ग्रेसका महासमिति सदस्य बिक्रम सिह धामि नेतृत्वको टोलि लेकम गाउँपालिकाको गाउँपालिकाको वडा नम्बर ५ मा रहेको जैपुर मन्दिरमा पुगेको छ । 

जात्रामा आएका सबै श्रदालुभक्तजन सित भेट भएको र भेटमा सबैले बिक्रम सिह धामी जस्तो ईमान्दार,निष्ठाको राजनीति गर्ने धार्मिक एवं आध्यात्मिक व्यक्तित्व यस क्षेत्रको उम्मेदवार बनेर आउँदा जनता उत्साहित भएको लोकतान्त्रिक समाजवादि दार्चुलाका सचिव गणेश जोशीले बताए । 

साथै प्रदेश सभा सदस्यका उम्मेदवार बिक्रम सिह धामीले आफू एक राजनीतिक कार्यकर्ता संगै आध्यात्मिक क्षेत्र सित पनि जोडिएको हुँदा धार्मिक एवं सास्कृतिक महत्त्व बोकेको दार्चुला जिल्लालाई हिन्दु धर्मावलम्बीको प्रमुख धार्मिक एवं पर्यटकिय तिर्थस्थल बनाएर समृद्ध जिल्ला बनाउन प्रदेश सभा सदस्यमा आफ्नो उम्मेदवारी रहेको र जनताको आशिर्वादले आफुले जनप्रतिनिधि बन्ने अवसर पाए जनताका आधारभूत आवस्यकता शिक्षा स्वास्थ यातायात खानेपानी विद्युत संचारको सेवालाई सबैको पहुँचमा पुगाएर दार्चुलामा रहेका प्रमुख मठ मन्दिर एवं धार्मिक क्षेत्रलाई पर्यटकिय गन्तव्यको रूपमा स्थापित गर्ने बताए । 


प्रतिक्रिया दिनुहोस !