२४ मंसिर २०७९, शनिबार
 |   Sat Dec 10 2022
Logo

ललितपुरबाट एमालेले खोल्यो खाता



काठमाडौँ । ललितपुर क्षेत्र नं २ मा नेकपा एमालेका प्रेमलाल महर्जन १९ हजार ८३४ मतसहित निर्वाचित भएका छन् । उनका निकतटम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले १० हजार ४४० मत ल्याएका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका वुद्धरत्न महर्जनले १० हजार १३६ मत ल्याएका छन् । साथै सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जन ९ हजार ५३९ मतसहित चौथो स्थानमा रहेका छन् ।

यस्तै राप्रपाका रघुवरराज थापाले ७ हजार ७९९ मत ल्याए । यद्यपि निर्वाचन आयोगले औपचारिक रुपमा घोषणा गरिसकेको छैन । यससँगै मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेको यो पहिलो जित हो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय

%d bloggers like this: