१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

दार्चुलामा बडुले एमाले नेता ठगुन्नालाई हराए



दार्चुला । प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका दिलेन्द्रप्रसाद बडू दार्चुलाबाट विजयी भएका छन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री समेत रहेका बडूले नेकपा एमालेका उम्मेदवार गणेश सिंह ठगुन्नालाई २ हजार १३४ मतले पराजित गर्दै विजयी भएका हुन् । मुख्य निर्वाचन अधिकृत खेम राज भट्टका अनुसार बडूले २८ हजार ५१५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी ठगुन्नाले २६ हजार ३८१ मत पाएका छन् ।


प्रतिक्रिया दिनुहोस !