१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

खोटाङमा माओवादीका राई विजयी, एमालेका भट्टराई पराजित



खोटाङ । खोटाङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का रामकुमार राई निर्वाचित भएका छन् । एमालेका पोलिटब्युरो सदस्य तथा एमालेका पूर्व प्रमुख सचेतक विशाल भट्टराईलाई २ हजार ६ सय ६९ को मतान्तरले पराजित गर्दै  पराजित गर्दै माओवादीका राई निर्वाचित भएका हुन् । 

बिहीबार सकिएको मतगणनामा माओवादी केन्द्रका राईले ३१ हजार ३ सय ५१ मत ल्याएका थिए । एमालेका भट्टराईले २८ हजार ६ सय ८२ मत प्राप्त गरेका थिए । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेका भट्टराई खोटाङबाट निर्वाचित भएका थिए । प्रतिनिधिसभामा उनले संसदीय दलको प्रमुख सचेतकको रूपमा काम गरेका थिए ।

यो निर्वाचन क्षेत्रमा जसपाका कृष्णकुमार राई १ हजार ९ सय १४ मत ल्याएर तेस्रो स्थानमा रहेका थिए । राप्रपाका सर्जु श्रेष्ठले १ हजार ७ सय ६१ मत ल्याएका छन् ।


प्रतिक्रिया दिनुहोस !