१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

रूसको ३०० अर्ब यूरो सम्पत्ति जफत गर्ने इयूको प्रस्ताव



Europe blue banner and yellow stars with European Union map inside

एजेन्सी । युरोपेली आयोगले युक्रेनलाई द्वन्द्वका कारण भएको क्षतिको क्षतिपूर्ति दिन, रोक्का गरी राखिएको रूसी सम्पत्ति जफत गर्ने योजना प्रस्ताव गरेको छ ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले बुधबार एक विज्ञप्ति जारी गर्नुहुँदै उक्त रकम युक्रेनमा भएको क्षतिको क्षतिपूर्तिका लागि पठाइने बताएकी छन् । रूसी केन्द्रीय बैंकको ३०० अर्ब युरो रोक्का गरिनुका साथै रुसी कुलीन वर्गको सम्पत्ति जफत गरिएको उनले बताइन् ।

ईयूले संयुक्त राष्ट्रसंघको समर्थनमा एक विशेष अदालत स्थापना गर्ने प्रस्ताव पनि गरिरहेको – जसले रूसको अपराधको अनुसन्धान र अभियोजन गर्ने उनले उल्लेख गरेकी छन् ।


प्रतिक्रिया दिनुहोस !