१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

धनुषामा जन्ती सवार गाडी दुर्घटना : ५ जनाको मृत्यु, ९ घाइते



जनकपुर । धनुषाको वीरेन्द्रबजारमा पूर्वबाट आउँदै गरेको यात्रुवाहक भ्यान र पश्चिमबाट पूर्व जाँदै गरेको पिकअप भ्यान ठोक्किँदा ५ जनाको मृत्यु भएको छ । शनिबार बिहान करिब ५ बजे पूर्वपश्चिम राजमार्गको वीरेन्द्रबजारमा दुई गाडी ठोक्किएको प्रहरीको भनाइ छ । 

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार इटहरीबाट महोत्तरीको पिपरातर्फ आउँदै गरेको ना १ ज ८३९६ नम्बरको गाडी र विपरीत दिशा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ज१च १४९६ नम्बरको पिकअप ठोक्किएको थियो ।

दुर्घटनामा ५ जनाको मृत्यु भएको र ९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी दीपक रायका अनुसार घटनास्थलमै करिब १२ वर्षको एकजना बालकको मृत्यु भएको थियो भने अरुको उपचारको क्रममा जनकपुर ल्याउने क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा धनुषाको मुखियापट्टी मुसहनिया–४ का २९ वर्षीया रुवी साह, महोत्तरी रामगोपालपुर–७ ससौलकी १७ वर्षीया मञ्जुकुमारी साह उनकै बहिनी १३ वर्षकी सिर्जना साह र धनुषा धनौजी–४ का २५ वर्षीय अब्दुल मन्सुरीको मृत्यु भएको डीएसपी रायले जानकारी दिए । उनका अनुसार दुर्घटनामा मृत्यु भएका एकजनाको सनाखत हुन बाँकी छ ।


प्रतिक्रिया दिनुहोस !