१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

इन्गेजमेन्ट टुटेपछि मृत्यु प्रकरण : युवक हिरासतमा, बुबाआमा छुटे



काठमाडौं । धुम्बाराहीमा आफैंलाई पेट्रोल खन्याएर जलाएकी महिलाको मृत्यु प्रकरणमा पक्राउ परेका चार जनामध्ये तीनजना थुनामुक्त भएका छन् ।

मृतक नुवाकोटी २७ वर्षीया पुष्पा न्यौपानेसँग इन्गेजमेन्ट गरेका युवक २९ वर्षका सुधन संग्रौला चाहिँ हिरासतमै छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार जिल्ला अदालत, काठमाडौंले सुधनबाहेक अन्यलाई हिरासतमा राख्न अनुमति दिएन ।प्रहरीले सोमबार सुधनसहित उनका बुबा ५७ वर्षका दिनेश संग्रौला, आमा बिन्दु संग्रौला र २९ वर्षका मधु संग्रौलालाई पक्राउ गरेको थियो ।

जाहेरी आएपछि परिवारका अन्य सदस्यलाई पनि पक्राउ गरिएपनि अदालतले थुनामा राख्न अनुमति नदिएको प्रहरीले जनाएको छ । एसपी मैनाली भन्छन्, ‘हाजिर जमानीमा राखेर अनुसन्धान गर्न भनेपछि एकजनालाई मात्र नियन्त्रणमा राखेका छौं ।’

प्रहरीले उनलाई उद्दार गरेर अस्पताल लगे पनि सोमबार कीर्तिपुरस्थित वर्न अस्पतालमा उनको मृत्यु भयो । पुष्पाको परिवारले जलुञ्जेलसम्म पनि उद्दार नगरेको भन्दै युवक र उनको परिवारका अरु सदस्यविरुद्ध आत्महत्या दुरुत्साहनको कसूरमा किटानी जाहेरी दिएको छ ।

प्रहरीले घटनाको थप कारणबारे अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !