१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

हँसिया प्रहारबाट एकजनाको मृत्यु, एक गम्भीर



कैलाली । कैलालीको जोशीपुर गाउँपालिका–६, कुमारीबागमा गए राति भएको झैँझगडासँगै हँसिया प्रहारबाट घाइते भएका पदम भण्डारीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले हँसिया प्रहारबाट घाइते भएका ३३ वर्षीय भण्डारीलाई उपचारका लागि टीकापुर अस्पताल पु¥याइएकामा चिकित्सकले राति नै मृत घोषणा गरेको जानकारी दिए ।

हँसिया प्रहारबाट गम्भीर घाइते भई टीकापुर अस्पतालमा भर्ना गरिएका अर्का ४० वर्षीय जयराज भण्डारीलाई थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको छ । उनको अवस्था पनि गम्भीर रहेको जनाइएको छ ।

सोही ठाउँका ५० वर्षीय गौरीलाल ढुंगानाले नातामा साला पर्ने दुवैजनालाई हँसिया प्रहार गरी फरार रहेको प्रवक्ता जोशीले बताए । उनको खोजीकार्यका लागि प्रहरी टोली परिचालन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !