१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

काठमाडौँको तापक्रम ७.२ डिग्री, चिसोबाट बच्न २४ घण्टे चेतावनी



काठमाडौं । देशका अधिकांश स्थानमा तापक्रम क्रमिक रूपमा घट्दै जाने र चिसो बढ्दै जाने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसैकारण चिसोबाट बच्न महाशाखाले सुझाव दिएको छ। 

आगामी  २४  घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ,   ‘तराई  भूभागमा हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन हुन अनुरोध छ।’

यसैबीच आज बिहान ५ः४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको तापक्रम ७.२ डिग्री सेल्सियस रहेको महाशाखाका मौसमविद् हीरा भट्टराईले जानकारी दिए। यो अहिले बिहान ८ः४५ बजे अपडेट गरिनेछ भने त्यतिबेला देशका अन्य स्थानको न्यूनतम तापक्रम पनि प्रकाशन हुनेछ। 


प्रतिक्रिया दिनुहोस !