१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल : बालेन्द्रको टोलीलाई ६ गोल 



काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख ११ र प्रशासकीय अधिकृत ११ को टोलीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ।२८ औं महानगर दिवसको अवसरमा दशरथ रंगशालामा सोमबार बिहान महानगरका प्रतिनिधि र कर्मचारीको टोलीबीच फुटबल प्रतियोगिता भएको हो। 

प्रतियोगितामा महानगरपालिका प्रमुख बालेन्द्र शाह पनि सहभागी भएका थिए।

महानगर दिवसका अवसरमा काठमाडौं महानगरपालिकाले हरेक वर्ष जनपतिनिधि र कर्मचारी बीच मैत्रिपूर्ण फुटबल खेल आयोजना गर्दै आएको छ। यो वर्ष पनि महानगरले सोमवार  काठमाडौंको दशरथ रंगशालामा फुटबल आयोजना सम्पन्न गरेको हो।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह नेतृत्वमा जनप्रतिनिधि र अर्को टिमबाट प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले नेतृत्वमा खेल भएको थियो। प्रमुख ११ मा महानगरका विभिन्न वडाबाट निर्वाचित जनप्रतिनिधिहरु थिए। प्रशासकीय अधिकृत ११ मा महानगरका कर्मचारी र नगर प्रहरीहरु थिए। 

जनप्रतिनिधिको टिम कप्तान भएपनि मेयर शाह भने खेलको उत्तरार्धमा मात्रै मैदानमा छिरेका थिए। उनी मैदान प्रवेश गर्दासम्म टिमले ५ गोल खाइसकेको थियो।

खेल ६-१ ले प्रमुख प्रशासकीय अधिकृत ११ ले जित्यो।


प्रतिक्रिया दिनुहोस !