१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

धनुषामा हिरासत तोडेर फरार भए ६ जना अभियुक्त



जनकपुरधाम । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ जना फरार भएका छन् । राति हिरासत तोडेर ६ अभियुक्त फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

डीएसपी क्षेत्रीका अनुसार दुई जना हातहतियार, दुई जना लागुऔषध र दुई जनासहित ६ जना हिरासतमा थिए । उनीरुको तीव्र खोजी कार्यजारी रहेको प्रहरीले जनाएको छ । डिएसपी क्षेत्रीका अनुसार हिरासतमा जम्मा ७ जना थिए । तीमध्य सवारी दुर्घटना मुद्दाका एक जनाबाहेक सबै फरार भएका हुन् ।


प्रतिक्रिया दिनुहोस !