१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

प्रहरीको हात भाँचेको आरोपमा पक्राउ परेका व्यक्ति २८ सय जरिवाना तिरेर छुटे



पोखरा । गाडीले हानेर ड्युटीमा रहेका प्रहरी हवल्दारको हात भाँचेको आरोपमा पक्राउ परेका पोखराका अटो व्यवसायी सौरभ थापा २ हजार ८०० रुपैयाँ जरिवाना तिरेर रिहा भएका छन् ।

अभद्र मुद्दामा पक्राउ परेका उनलाईज् जिल्ला प्रशासन कार्यालय कास्कीले २ हजार ८०० रुपैयाँ जरिवानामा छाड्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी सुवास तिमिल्सनाले जानकारी दिए ।

पोखरा रामबजार भारतीय पेन्सन क्याम्पअघि गत बिहीबार राति ३ बजे थापाले चलाएको गाडीको ठक्करबाट चेकिङमा बसेका हवल्दार चित्रबहादुर वलीको हात भाँचिएको प्रहरीको भनाइ छ ।

रक्सीले मातेर गाडी चलाएका थापालाई रामबजारमा प्रहरीले रोके पनि उनले स्टन्ड देखाउँदै अगाडि भागेको र फेरि फर्किएर आएर हानेको प्रहरीले बताएको थियो ।


प्रतिक्रिया दिनुहोस !