९ चैत्र २०७९, बिहीबार
 |   Thu Mar 23 2023
Logo

मधेसमा गाडी नभएका मन्त्रालय भिडाएको भन्दै जनमतका मन्त्रीले अझै लिन मानेनन् शपथ



जनकपुरधाम । मधेस प्रदेशमा भागबन्डा नमिल्दा मन्त्रीहरूको शपथ ग्रहणमा ढिलाइ भएको छ । शुक्रबार अपराह्न ४ बजेका लागि शपथ ग्रहणको कार्यक्रम राखिएको थियो । तर, मन्त्रालय बाँडफाँटमा सहमति हुन नसकेपछि अझै शपथ हुन सकेको छैन ।

भागबन्डा मिलाउन मन्त्रालय टुक्राएर दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ । सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी ९जसपा०ले प्रमुख मन्त्रालयहरू आफैँ राख्न खोजेपछि विवाद चुलिएको हो । दोस्रोपटकमा समाजिक विकास मन्त्रालय टुक्राएर स्वाथ्य तथा वातावारण मन्त्रालय जसपाले राखेको छ । समाजिक टुक्राएर शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय जनमतलाई दिने सहमति भएको छ । कर्मचारी, बजेट र गाडीसमेत नभएका मन्त्रालय जबरजस्ती भिडाएपछि जनमत पार्टीका नेताहरू आक्रोशित भएका छन् ।

मन्त्रिपरिषद् विस्तारमा नेकपा ९माओवादी केन्द्र० पनि असन्तुष्ट छ । मुख्यमन्त्री कार्यालयका कर्मचारीका अनुसार एमालेका राजकुमार लेखी गृह तथा सञ्चार, शत्रुधन महतो कोइरी महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालय, जनमतलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा वातावरण मन्त्रालय जसपाले लिने जनाइएको छ ।

सरकारमा मन्त्री पठाउने विषयमा समेत असन्तुष्टि बढेको छ । दलका नेतासँग एमालेका सांसदहरूको बैठक बसिरहेको छ । दलहरूबीच सहमति शपथ नै अन्यौलमा परेको छ ।


प्रतिक्रिया दिनुहोस !