६ जेष्ठ २०८१, आईतवार
 |   Sun May 19 2024
Logo

प्रचण्ड, देउवा र ओलीबीच के भयो कुराकानी ?



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक विषयमा छलफल भएको छ ।

सोमबार अपराह्न सिंहरबारमा भएको छलफलमा समसामयिक परिस्थितिबारे छलफल भएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । उहाँहरूबीच समसामयिक परिस्थितिको कुरा भएको हो । खासै केही कुरा छैन । भेटघाट हुनु राम्रो हो, लेखकले भने ।

भेटमा नेताहरूबीच राष्ट्रपतिको निर्वाचनबारे कुनै छलफल नभएको उनको दाबी छ । राजनीतिक नेताहरू एक ठाउँमा बसेपछि त मुलुकको हितमै कुरा भएको होला । समसामयिक अवस्थामा अब कसरी राम्रो गर्ने भन्ने नै कुरा भएको होला । राष्ट्रपतिबारे कुरा भएको छैन, उनले भने, राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि तीन दलका शीर्ष नेताहरूबीच भेट भएको हो ।


प्रतिक्रिया दिनुहोस !