२२ बैशाख २०८१, शनिबार
 |   Sat May 4 2024
Logo

रसुवामा गाई काटेको आरोपमा तीन जना पक्राउ



रसुवा । रसुवामा गाई काटेको आरोपमा तीन जना पक्राउ परेका छन्। गएराति जिल्लाको कालिका गाउँपालिका २ काभ्रेटोल गाउँमा गाई काट्दै गरेको अवस्थामा ३ जनालाई पक्राउ गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

पक्राउ पर्नेहरुमा स्थानीय ४४ वर्षीय मुरली बुलुन, गुम्बाटोल बस्ने ४८ वर्षीय कान्छा लामा र ६५ वर्षीय सार्की स्याङ्बा छन्। प्रहरीका अनुसार घटनास्थलबाट गाईको मासु र बन्चरो १ थान, खुकुरी २ थान बरामद गरिएको छ। पक्राउ परेका तीनै जनाविरुद्ध गौहत्या अभियोगमा मुद्दा दायर गरिने प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !