२२ बैशाख २०८१, शनिबार
 |   Sat May 4 2024
Logo

चुनाव खर्च नबुझाउने उम्मेदवारलाई कारबाही नगर्न सर्वोच्चको अन्तरिम आदेश



काठमाडौं । सर्वोच्च अदालतले निर्वाचन खर्च नबुझाएका सबै उम्मेदवारहरुमाथि तत्काल कारबाही अघि नबढाउन आदेश दिएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दर्ता गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार यस्तो आदेश दिएको हो ।बिहीबार सार्वजनिक संवैधानिक इजलासको आदेशमा बालेन मात्र नभई खर्च विवरण नबुझाउने सबै उम्मेदवारलाई तत्काल कारबाही नगर्न आदेश दिएको उल्लेख छ ।

निर्वाचन आयोगले खर्च समयमा खर्च विवरण नबुझाएको भन्दै स्थानीय तह निर्वाचनका कतिपय उम्मेदवारलाई जरिवाना तिर्न ताकेता गरेको थियो । आयोगकझो उक्त निर्णयविरुद्ध बालेनले सर्वोच्चमा रिट दिएका थिए ।


प्रतिक्रिया दिनुहोस !