२२ बैशाख २०८१, शनिबार
 |   Sat May 4 2024
Logo

नुवाकोटमा यात्रुबस दुर्घटना, तीनको मृत्यु, २० जना घाइते



काठमाडौ । नुवाकोटमा एउटा यात्रुबस दुर्घटना हुँदा कम्तीमा पनि दुई जनाको मृत्यु भएको छ। बिहीबार अपराह्न ४ बजे बिदुर नगरपालिका वडा नम्बर १२ स्थित चैनपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी खगेन्द्र खड्काका अनुसार बट्टारबाट दाम्चेतर्फ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस दुर्घटनामा परेको हो। 

दुर्घटनापछि बस चालक भागेका छन्। ज्यान गुमाउने दुई पुरुषमा विदुर नगरपालिका ३ निवासी ६३ वर्षीय बाबुराम दर्जी, त्यहीँका ७८ वर्षीय रामप्रसाद अर्याल रहेका छन्। दुर्घटनामा ज्यान गुमाएकी महिलाको पहिचान भइसकेको छैन। 

यो बसमा सवार अन्य २० यात्रु घाइते भएका छन्। घाइतेहरूको जिल्ला अस्पताल नुवाकोटमा उपचार भइरहेको छ। बस सडकबाट २० फिट तल खसेर दुर्घटनामा परेको हो। 


प्रतिक्रिया दिनुहोस !