१३ चैत्र २०७९, सोमबार
 |   Mon Mar 27 2023
Logo

सांसद भण्डारीको स्वास्थ्यमा सुधार, पाइपबाट खाना दिने तयारी



काठमाडौ । भारतमा उपचार गराइरहेका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीको स्वास्थ्य सुधार भइरहेको छ। गत बुधबार राति घरमै ग्याँस सिलिन्डर पड्किँदा गम्भीर घाइते भएका सांसद भण्डारी अहिले मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचाररत छन्। सोही घटनामा परी गम्भीर घाइते भएकी उनकी आमा हरिकला भण्डारीको भने नेपालमै उपचारका क्रममा गत बिहीबार निधन भइसकेको छ। 

सांसद भण्डारीको अवस्था पनि जटिल बनेपछि थप उपचारका लागि उनलाई बिहीबार भारत लगिएको हो। शुक्रबार पहिलो शल्यक्रिया गरिएका नेता भण्डारीको स्वास्थ्य अहिले सुधार हुँदै गएको अस्पतालमा सँगै रहेका योगराज कँडेलले जानकारी दिएका छन्।  

आज बिहान सवा ९ बजे डा. मुकेश मिश्राबाट काउन्सिलिङ सम्पन्न भएको उनले बताए।

‘खुसीको कुरा के छ भने अप्राकृतिक अक्सिजनको मात्रा ४५ प्रतिशतले घटाएको छ’, कँडेलले भने, ‘आजबाट पाइपमार्फत खाना दिने कुरा भएकाले उहाँको स्वास्थ्य सुधारोन्मुख रहेको जानकारी गराउदछौँ।’ साथै आप्राकृतिक अक्सिजन मात्रा कम गर्दै जाने तयारी भइरहेको जानकारी डा. मिश्राले दिएका छन्। 


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय